बलिउड नायिका जेनेलिया डिसुजा देशमुखले आफू तीन हप्ता अघि कोरोनाद्वारा संक्रमित भएको खुलासा गरेकी छिन् । संक्रमणपछि आफू आइसोलेशनमा बस्नु परेको पनि उनले बताइन् । यद्यपि, अब उनको रिपोर्ट नेगेटिभ आइसकेको छ । उनले सो कुरा आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरेकी हुन् ।
जेनेलियाले आफ्नो पोस्टमा लेखिन्, ‘नमस्ते, तीन हप्ता अघि ममा कोभिड पोजेटिभ देखिएको थियो । पछिल्लो २१ दिनदेखि म असिम्पोमेटिक ९लक्षण नदेखिएको० थिएँ । भगवानको कृपाले आज मेरो कोभिड परीक्षण नेगेटिभ आएको छ । ममाथि चलिरहेको आशिर्वादका कारण यो रोगसँग मेरो लडाईं निकै सजिलो भयो तर मैले यो पनि स्विकार गर्नुपर्ने छ कि आइसोलेशनको यो २१ दिन मेरा लागि सबैभन्दा चुनौतीपूर्ण रह्यो ।’
https://www.instagram.com/p/CEebYQSJI0J/?utm_source=ig_embed
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 66