Aamsanchar

जनकपुरमा एक २२ वर्षीया महिलाले एकै पटक चार बच्चा जन्माइन्

Author Image
बुधवार, भदौ १७, २०७७

जनकपुर । जनकपुरमा एक महिलाले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति एकैपटक चार वटा बच्चालाई जन्म दिएकी हुन् ।

प्रसूतिका लागि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानाको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रिया मार्फत ती बच्चाहरु निकालेकी थिइन् । डा। सोनिया सिंहले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिनु ’दुर्लभ’ घटना रहेको बताइन् ।

अरमानाले ३ छोरी र १ छोरा जन्माएकी छन् । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको काव्या अस्पतालले जनाएको छ । शिशुहरु मध्ये ३ वटाको स्वास्थ्य अवस्था समान्य रहेपनि एक शिशुको अवस्था भने अस्थिर देखिएको डाक्टर एसके सिंहले बताए ।

शिशुहरुको श्वासप्रश्वासमा कठिनाइ हुनसक्ने भएकाले केही साता विशेष स्वास्थ्य निगरानीमा अस्पतालमा राखिएको डा। सिंहले जानकारी दिए ।

यता एकै पटकमा ४ वटा बच्चाको जन्म दिएकी अरमानाको अवस्था गम्भीर छ । उनको फोक्सोमा पानी जमेर पलमनरी एडीमा देखिएकोले डा। अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरमा पठाइएको डा। एसके सिंह बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर