युइएफए नेसन्स लिगमा स्पेनले जर्मनीलाई बराबरीमा रोकेको छ।
जर्मनीमा बिहीबार राति भएको समूह ुडीु को खेल १(१ गोलको बराबरीमा सकिएको हो। खेलको ५१ मिनेटमा जर्मनीले गोल गरेर पहिले अग्रता लिएको थियो। उसका लागि टिमो वेर्नेरले गोल गरे। यहि सिजन इंग्लिस क्लब चेल्सीमा आबद्ध भएका वेर्नेरलाई गोल गर्न गोसेन्सले पास उपलब्ध गराएका थिए।
त्यसपछि स्पेनले बराबरी गोल गर्ने दुई वटा मौका गुमायो। रोद्रिगोले दुवै मौका खेर फालेका थिए। तर दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा स्पेनले बराबरी गोल फर्कायो।
उसका लागि भ्यालेन्सियाका डिफेन्डर जोस गयाले गोल गरे। उनले रोद्रिगोले दिएको पासमा हेडमार्फत गोल गरेका थिए। गयाको उक्त प्रहार खेलको अन्तिम जस्तै बन्दा खेल नाटकीय बनेको थियो।
दुवै टिमले १० महिनापछि अन्तर्राष्ट्रिय खेल खेलेका हुन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 204