Aamsanchar

दिल्लीमा ८६ वर्षीया वृद्धामाथि बलात्कार, बलत्कारीलाई मृत्यु दण्ड दिन माग

Author Image
बिहिवार, भदौ २५, २०७७

हरेक वर्ष भारतमा हज्जारौं–लाखौं बलात्कारका मुद्दा दर्ता हुने गर्छन् तर यीमध्ये केही यस्ता घटना छन् जसले थुप्रैले ध्यान आकृष्ट गरेका हुन्छन् । भारतको राजधानी दिल्लीमा यस्तै एउटा घटना सार्वजनिक भएको छ जसमा एक व्यक्तिले ८६ वर्षकी वृद्धामाथि बलात्कार गरेका छन् । यी व्यक्ति हाल प्रहरीको नियन्त्रणमा छन् ।

दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालिवालले दिएको जानकारी अनुसार ती वृद्धा बेलुकी आफ्नो घर बाहिर दुध ल्याउने व्यक्तिको प्रतिक्षा गरिरहेका बेला बलात्कार गर्ने व्यक्ति उनी भएठाउँ पुगेका हुन् ।

स्वाति मालिवालले भनिन्, ‘ती व्यक्तिले महिलालाई सधैं दुध ल्याउने व्यक्ति आज नआउने त्यसैले उनलाई दुध पाउन सकिने स्थानमा पुर्याइदिने बताइन् ।’ स्वातिका अनुसार वृद्धाले उनलाई विश्वास गर्दै उनीसँगै गइन् । त्यसपछि ती व्यक्तिले नजिकैको खेतमा लगेर उनलाई बलात्कार गरे । उनी रोइरहिन् र आफूलाई छोडिदिनका लागि याचना गरिरहिन् तर ती व्यक्तिले सुनेनन् । उनले आफूलाई छुटाउने प्रयासमा ती व्यक्तिलाई कुटिन् पनि ।

त्यहाँबाट हिँडिरहेका केही मानिसहरुले उनको आवाज सुनेपछि उनलाई बचाउन गए । उनीहरुले नै अभियुक्तलाई प्रहरीलाई सुम्पिए । स्वाति मालिवाल मंगलबार पीडितको घर गइन् । त्यहाँ उनले जे देखिन् त्यो मन कुँडिने खालको थियो ।

‘उनको हातभरी चाउरी थिए । जब तपाईं उनको कहानी सुन्नुहुन्छ नि तपाईंको मन दुख्नेछ । उनको अनुहार र शरीरमा चोटका निशान छन् र उनले मलाई भनिन् कि उनको रगत पनि बग्यो । उनी निकै भयभित छिन् ।’

स्वाति मालिवालले अभियुक्तका लागि मृत्युदण्डको माग गरेकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर