Aamsanchar

भारत–पाकिस्तान बीच युद्धको खतरा

Author Image
बिहिवार, असोज ६, २०७३

नयाँ दिल्ली ।

India-Pakistan-Relation

भारत र पाकिस्तानबीच युद्धको खतरा बढेको छ । परमाणु शक्तिसम्पन्न दुबै मुलुकबीच पछिल्लो समय कश्मिर मुद्दाका बारेमा तनाव बढेको छ ।

भारत प्रशासित कश्मिरको उरीमा भएको आतंकवादी हमलापछि दुई मुलुकबीच तनाव बढेको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उरी हमलाको जवाफमा गरिने कारवाहीको रणनीति बनाउन ‘वार रुम’ मा उच्च सैन्य अधिकारीसँग झण्डै दुईघण्टा छलफल गरेका छन् ।

भारतीय रक्षा मन्त्रालय ‘साउथ ब्लक’स्थित वार रुममा मोदीलाई पाकिस्तानी सैन्य अखडाहरुको नक्सा देखाएर भारतीय सेनाका तर्फबाट गरिने कारवाहीको रुपरेखा चित्रित गरिएको बताइन्छ ।

मोदीले दुई दिनअघि वार रुपमा भारतीय सेनाका उच्च अधिकारीसहित, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतका अधिकारीहरुको राय र रणनीतिबारे छलफल गरेको बताइएको छ ।

भारत र पाकिस्तान परम्परागत रुपमा ‘शत्रु’ रहँदै आएका छन् । दुबै मुलुकबीच यसअघि पनि युद्ध भइसकेको छ । (एजेन्सी)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर