Aamsanchar

युगान्डामा एकै पटक दुईसय भन्दा बढी कैदी फरार,भिडन्तमा तीन जनाको मृत्यु

Author Image
बिहिवार, असोज १, २०७७

युगान्डा र युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएको स्थानीय जेलका प्रवक्ताले बिहीबार बताएका छन् । युगान्डा कारागार सेवाका प्रवक्ता फ्रान्क बाइनका अनुसार स्थानीय समय अनुसार बुधबार जेल तोडेर भाग्ने क्रममा कम्तीमा सात बन्दीहरुलाई पुनः नियन्त्रणमा लिइएको छ र तीन जना मारिएका छन् । मारिएका तीन कैँदीले बिहीबार नै नियन्त्रणमा आएपछि पुनः भाग्न बल प्रयोग गरेपछि भएको भिडन्तमा उनीहरू मारिएका मोरोटो सहरको सिंगिला जेल प्रशासनले जनाएको छ ।

बाइनले भने, “जेल प्रशासन, सेना तथा प्रहरीले फरार कैँदीहरूको संयुक्त रूपमा खोजी गरिरहेका छन् ।” “बुधबार रातिदेखि सुरक्षाकर्मीले हवाई गस्तीलाई रोकी पैदल गस्तीहरूलाई बढाएका छन् । खोजी जारी छ यस साताभरमा उनीहरू पत्ता लाग्नेछन्,” उनले भने ।

प्रवक्ता बाइनले भने, “ फरार तथा मारिएका अधिकांश कैदीहरूलाई अवैध रूपमा हतियार राखेको अभियोगमा जेलमा राखिएको थियो । उनीहरूसँगबाट १४ थान बन्दूक र दर्जनौँ गोली तथा केही विस्फोटक पदार्थ बरामद गरिएको छ ।”

गत मार्चमा उत्तर पश्चिमी जिल्ला औरामा कैदीहरूले जेलको घेरा तोडी भाग्न खोज्दा भएको दङ्गामा तीन कैदीको मृत्यु भएको थियो भने छ घाइते भएका थिए । तर कैँदीहरूको भाग्ने प्रयास सुरक्षाकर्मीले विफल पारेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर