साविकको विजेता रियल म्याड्रिडले नयाँ सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग रोकिएको छ । रियल म्याड्रिड सोसिडाडसँग गोलरहित बराबरीमा रोकेको हो ।
घरेलु टोलीलाई लगातार दवावमा राखेपनि रियलका अग्रपङ्तिका खेलाडीले गोल गर्न नसक्दा रियल पहिलो खेलमा नै गोलरहित बराबरीमा रोकिन बाध्य बन्यो । पहिलो हाफमा दुवै टोलीले गोलको उल्लेख्य मुभ बनाउन सकेका थिएनन् ।
४२औं मिनेटमा रियल म्याड्रिडका गोलरक्षक थिवाउट कोर्टुवाले मिकेल ओएरजावलको प्रहारलाई सहजै नियन्त्रणमा लिएका थिए । ६१औं मिनेटमा करिम बेन्जेमाले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा रियल म्याड्रिड अग्रता लिनबाट चुक्यो ।
७७औं मिनेटमा मिनिसियस जुनियरको पासमा युवा खेलाडी मार्भिन पार्कले बललाई नियन्त्रणमा लिएर प्रहार गर्न नसक्दा रियल पुनः अग्रता लिनबाट चुक्यो । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल निराशजनक गोलरहित बराबरीमा टुंगियो ।
प्रशिक्षक जिनेदिन जिदानले सोसिडाडविरुद्धको खेलमा ‘बी’ टिमका दुई खेलाडी मार्भिन पार्क र सर्जियो एरिवासलाई सिनियर टोलीमा डेब्यु गराएका थिए । मार्टिन ओडेगार्डले पहिलो रोजाईमा स्थान पाएपनि सोचेअनुरुपको प्रदर्शन गर्न सकेनन् ।
अन्य नतिजा
एसडी हुएस्काविरुद्ध काडिज ९०–२०, ग्रानडाविरुद्ध डिपोर्टिभो एलाभेस ९२–१०, रियल बेटिसविरुद्ध रियल भालाडोलिड ९२–००