Aamsanchar

निजी चिकित्सक शाहलाई कोरोना संक्रमण, ‘प्रधानमन्त्री संग लामो समय देखि भेट भएको छैन’

Author Image
शनिवार, असोज १०, २०७७

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा.दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी शाहलाई शनिबार कोरोना पुष्टि भएको हो।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले त्रिवि शिक्षण अस्पतालकै ल्याबमा पिसिआर परीक्षण गराएकी थिइन्। पिसिआर रिपोर्ट पोजेटिभ आएपछि अहिले होम आइसोलेसनमा बसिरहेकी छन्। शाहले यसबीचमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट नगरेको बताएकी छन्।

‘लामो समयदेखि प्रधानमन्त्रीसँग भेटघाट भएको छैन’, उनले भनेकी छन्’ मसँग भेटेका अन्यलाई जानकारी गराइसकेकी छु। शाहले जुम्लामा अनसनका क्रममा बिरामी परेपछि ट्रमा सेन्टर हुँदै त्रिवि शिक्षण अस्पताल लगिएका डाक्टर गोविन्द केसीलाई भने तीन दिनअघि भेटेकी थिइन्।

‘डाक्टर केसीको अवस्था बुझ्न उहाँलाई भेटेकी थिएँ’ उनले भनिन्, ‘ तर उहाँलाई भेट्दा पनि भौतिक दूरीसहित स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएकी थिएँ।’

Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर