Aamsanchar

आईपीएलमा आज राजस्थान र कोलकता भिड्ने

Author Image
बुधवार, असोज १४, २०७७


काठमाण्डौ – इण्डियन प्रिमियर लिग आईपीएलमा आज राजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीचको खेल हुने भएको छ । यूएईमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि खेल शुरु हुने छ । राजस्थान लगातार २ खेल जित्दै शीर्ष स्थानमा रहेको छ भने २ मध्य एक खेल मात्रै जितेको कोलकता पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको थियो । हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनायो । टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर