Aamsanchar

रोटरी क्लव अफ बिर्तामोडको अगुवाइमा मेची अस्पताललाई पीसीआर मेसिन प्रदान

Author Image
बिहिवार, असोज १५, २०७७

बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोडको अगुवाइमा मेची प्रादेशिक अस्पताल भद्रपुरलाई आज एक थान पीसीआर मेसिन प्रदान गरिएको छ ।

जिल्लामा कोरोना संक्रमणको दर उच्च रहेका बेला कोरोना परीक्षणमा सहयोग पु¥याउने उद्देश्यले रोटरी क्लवले अस्पताललाई पीसीआर मेसिन प्रदान गरेको हो ।

रोटरी क्लवका रिजन ७ मा रहेका क्लहरुद्वारा संयुक्त रुपमा मेसिन प्रदान गरिएको थियो । मेची प्रादेशिक अस्पताल भद्रपुरका प्रमुख सोम पोर्तेलको प्रमुख आतिथ्यमा भएको कार्याक्रममा डिस्ट्रिक सेक्रेटरी सुशील रिजाल, एजी सपना रिजाल,नवीन कुमार श्रेष्ठ, रोटरी क्लव बिर्तामोडका अध्यक्ष निर्मल भट्टई, बिर्तामोड मिडटाउनका प्रशान्त भण्डारी लगायतले संयुक्त रुपमा उक्त मेसिन प्रशासनलाई प्रदान गरेका थिए ।

मेसिन ग्रहण गर्दै अस्पतालका सञ्चालक समिति अध्यक्ष समेत रहेका पोर्तेलले रोटरीले प्रदान गरेको मेसिनले अस्पताललाई कोरोना परीक्षणमा थप सहज हुने बताएका छन् । स्वीस सरकारको सहयोगमा यस अघि मेची प्रदेशिक अस्पतालमा एउटा र जनस्तरबाट कोटिहोममा अर्काे पीसीआर मेसिन रहेको बताउँदै रोटरी क्लवले प्रदान गरेको मेसिनसहित मेची अध्यक्ष पोर्तेलले बताए ।

कोरोना परीक्षणको दायरा बढाएको खण्डमा पनि अव सहजै कोरोना परीक्षण गर्न सकिने बताउँदै पोर्तेलले भने – यस अघि दैनिक १३ सय स्वावको नमूना परीक्षण गर्न सकिने अवस्था रहेपनि अब थप परीक्षण गर्न सकिने बताएका छन् ।

कार्यक्रममा बिर्तामोड मिडटाउनका प्रशान्त भण्डारी, भद्रपुरका आदित्य पराजुली, काँकरभिट्टाका कृष्ण कान्त खनिया, सुरुङ्गाका टिका प्रसाद कट्टेल, दमककी शान्ता नेपाल ढकाल लगायतको सहभागीता रहेको थियो ।

बिर्तामोड अध्यक्ष भट्टराईले स्वागत सहित धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन मिनप्रकास मैनालीले गर्नुभएको थियो ।

Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर