

काठमाडौं । बितेको २४ घण्टामा १४ हजार ७३९ जनाको पीसीआर परिक्षण गरिदा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको जानकारी दिए ।

शुक्रबार थप ३३०७ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको गौतमले बताए । नेपालमा संक्रमण मुक्त हुने दर ७३.६ प्रतिशत रहेको छ ।
आज देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् । आइसीयूमा २१० जना र भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् ।

देशभर कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ५२० पुगेको मन्त्रालयले जनाएको छ ।
हाल मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५ सयभन्दा बढी संक्रमित उपचाररत रहेका छन् । मनाङ, मुस्ताङ र डोल्पा जिल्ला संक्रमणमुक्त रहेका छन् ।


