काठमाडौं । कृषि विकास बैंक ह्याकिङमा प्रकरणामा फरार भएका थप एकजना व्यक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तराखण्ड चम्पावत जिल्ला वनबासका ५५ वर्षीय सुशील गर्ग रहेका छ् ।
गर्गलाई अपराध महाशाखा काठमाडौं र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त प्रहरी टोलीले सोमबार कञ्चनपुरको गड्डाचौकीबाट नियन्त्रणमा लिएको हो । सुशीललाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । गर्गको पनि कृषि विकास बैंकमा भएको ह्याकिङ प्रकरणमा विभिन्न व्यक्तिहरुको खातामा रकमान्तर गरी भुक्तानी गर्ने कार्यमा संलग्नता रहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 169