Aamsanchar

कात्तिक १ गतेदेखि धार्मिक तथा साँस्कृतिक क्षेत्र खोल्ने तयारी:मन्त्री भट्टराई

Author Image
बुधवार, असोज २१, २०७७

फायल फोटो: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताएका छन् ।

ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा आज गृह जिल्ला ताप्लेजुङ आएका मन्त्री भट्टराईले सुकेटार विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, “कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई क्रमशः निश्चित सङ्ख्यामा खोल्दै लैजाने सरकारको तयारी छ ।”

मन्त्री भट्टराईले आगामी मन्त्रिपरिषद्को बैठकमा धार्मिक क्षेत्रलाई खुला गर्ने प्रस्ताव लैजाने र पारित भएमा कात्तिकको शुरुदेखि क्रमशः खोल्दै लगिने बताउँदै दशैँ, तिहारजस्ता चाडबाड नजिकिएकाले र लामो समयदेखिको बन्दाबन्दीले धार्मिक तथा साँस्कृतिक पर्यटनको क्षेत्र नै नराम्रोसित प्रभावित भएको अवस्थामा स्वास्थ्य सतर्कतासहित क्रमशः खोल्दै लैजाने स्पष्ट पारे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१