Aamsanchar

जनशक्तिको निक्षेप एक करोड २९ लाख

Author Image
आइतवार, असोज ९, २०७३

विर्तामोड।

1_1355818851

सहकारीको माध्यमबाट कृषि क्षेत्रको विकास र सदस्यहरुको जीवनस्तर उकास्ने उद्देश्यले झापाको विर्तामोड–७ भद्रपुरोडमा सञ्चालित जनशक्ति कृषि सहकारी संस्थाले वर्ष ०७२÷०७३ मा ६० हजार रुपैयाँ नाफा गरेको छ ।
स्थापनाको छोटो समयमै संस्थाले यो प्रगति गरेको हो । जनशक्ति कृषि सहकारीले तेस्रो वर्षमा वर्षमा मात्र पाइला टेक्दै गर्दा शेयर पूँजी ८४ लाख ८ हजार एक सय रुपैयाँ पु¥याएको छ । अघिल्लो वर्ष ४० लाख ८७ हजार शेयर पूँजी रहेको संस्थामा यो वर्ष दोब्बरभन्दा बढी शेयर थपिएको संस्थाका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले बताए ।
संस्थाले शुक्रबार विर्तामोडको अग्रसेन भवनमा दोस्रो साधारणसभा सम्पन्न गर्नेक्रममा संस्थाका अध्यक्ष कन्दङ्वाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा सो विवरण उल्लेख छ । अध्यक्ष कन्दङ्वाले प्रस्तुत गरेको विवरण अनुसार संस्थाले यो वर्ष १ करोड २८ लाख ९७ हजार ४३ रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ करोड ६२ लाख ६१ हजार ३२५ रुपैयाँ ऋण लगानी गरेको छ । ०७०÷०७१ मा १८ महिला र १३ पुरुष गरी ३१ जनाबाट १५ लाख ५० हजार शेयर रकम संकलन गरी शुरु भएको जनशक्तिले महिला ३४७ र पुरुष ३५८ गरी ७०५ जना ९२१९ सदस्य पु¥याइसकेको छ ।
संस्थाले यो वर्ष विभिन्न शीर्षकमा ३० लाख ७२ हजार ४५३ रुपैयाँ आम्दानी गरेको छ भने ३० लाख १२ हजार ४५३ रुपैयाँ खर्च गरेको अध्यक्ष कन्दङ्वाले बताए । उनले समारोहमा वर्ष ०७३÷०७४ को योजना पनि प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर