Aamsanchar

आईपीएल क्रिकेटमा बैंग्लोर ८ विकेटले बिजयी

Author Image
बिहिवार, कार्तिक ६, २०७७

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले सहज जित हासिल गरेको छ । गएराति अबुधाबीमा कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराउँदै बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ । पहिले टस जितेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । ८५ रनको सहज लक्ष्य बैंग्लोरले दुई विकेट गुमाउँदै हासिल गर्यो ।

बैंगलोरका देवदत्त पडिक्कल र आरोन फिन्चले पहिलो विकेटका लागि ४६ रन साझेदारी गरे । देवदत्त १७ बलमा २५ रन बनाएर आउट भए । फिन्चले १६ रन जोडे । त्यसपछि बैंगलोरका कप्तान विराट कोहलीले नटआउट १८ र गुरकिरत सिंहले नटआउट २१ रन थपे । यससँगै बैंगलोरले १३।३ ओभरमा आठ विकेटको सहज जित हासिल गर्यो । कोलकाताका फर्ग्युसनले १७ रन खर्चेर दुई विकेट लिए ।

यो जितसँगै बैंगलोर १४ अंक सहित तालिकाको दोस्रो स्थानमा पुगेको छ । कोलकाता भने १० अंकसहित चौथो स्थानमा छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताको प्रदर्शन खराब रह्यो । शुभम गिल र राहुल त्रिपाठी १–१ रनमा आउट भए । नितिश रानाले खाता नै खोल्न सकेनन् ।

टम ब्यानटन १० र दिनेश कार्तिक ४ रनमा आउट हुँदा इयान मोर्गनले ३० रन जोडे । फर्ग्युसन १९ रनमा नटआउट रहे । बलिङततर्फ मोहम्मद सिराजले ३ विकेट लिए । सिराज म्यान अफ द म्याच भए । यसैगरी युजवेन्द्र चहलले २ तथा नवदीप सैनी र वाशिङ्गटन सुन्दरले एक–एक विकेट झारे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१