Aamsanchar

प्रविधिको विकास : गोजीमै मोवाइल चार्ज गर्न सकिने

Author Image
बुधवार, कार्तिक १२, २०७७

कपडाबाट मोबाइल फोन र ट्याब्लेट चार्ज गर्न मिल्ने प्रविधि वैज्ञानिकहरूले विकसित गरेका छन् । त्यसकारण अब गोजीमै मोबाइल फोनको ब्याट्री चार्ज हुने भएको छ ।

नटिंघम ट्रसेन्ट विश्वविद्यालयका वैज्ञानिकहरूले सानो सोलार प्यानल बनाएका छन् जसलाई लुगाको खल्तीमा हाल्न सकिन्छ । मोबाइलको ब्याट्री सकिएपछि डिभाइसलाई खल्तीमा हाल्नेबित्तिकै चार्ज भइहाल्नेछ । यसको नाम चार्जिङ डक राखिएको समाचाहरूमा जनाइएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार, एउटा फोन चार्ज गर्न दुई हजार प्यानल आवश्यक हुन्छन् । पूरै प्यानलको आकार तीन मिलिमिटर लामो र डेढ मिलिमिटर चौडा छ । सोलार प्यानलको यो प्रविधिबाट कार्बन उत्सर्जनलाई कम गर्न सकिने र खल्तीले पावर बैंकको काम गर्ने बताए ।

यसमा कुनै सकेट आवश्यक हुँदैन । सोलार प्यानलले चार्ज गर्दा मानिसलाई त्यसको केही अनुभव नै हुँदैन । खल्तीको चिपलाई रेजिनले छोपिएको छ । कपडा धुँदा पनि पानीले त्यसमा कुनै असर पार्दैन । लुगाले सामान्य कपडाको जस्तै अनुभव दिन्छ । खल्तीमा भएका कुल दुई हजार सोलर सेलहरूले स्मार्ट फोनलाई सजिलै चार्ज गरिदिन्छन् । अनुसन्धानकर्ता टोलीका प्रमुख तिलक डियासका अनुसार, विद्युतीय पावरका लागि ईटेक्सटाइल एक आवश्यकताको कुरा हो । यसमा यसअघि कहिल्यै काम भएको थिएन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 376

प्रतिक्रिया (०)

सम्बन्धित खबर