Aamsanchar

डिजाइनर नीलडेभिडका पहिरन ‘ट्रङ्क शो’मा

Author Image
मङ्गलवार, असोज ११, २०७३

main

 हेयर स्टाइलिस नीलडेभिड कटवालले काठमाडौंमा पहिलो पटक ‘ट्रंक शो’ आयोजना गरे। शोमा उनले आफू फेसन डिजाइनिङमा पनि अब सक्रिय रुपमा लाग्ने घोषणा गरेका छन्।

भारतको दिल्ली इन्टरनेशनल इन्स्टिच्युटबाट फेसन डिजाइनिङ कोर्स गरेर आएका नीलडेभिडले भैंसेपाटीमा रहेको आफ्नै निवासमा आफूले तयार पारेका पहिरनहरुको शो आयोजना गरे।

‘ट्रङ्क शो’ मार्फत नीलडेभिडले आफ्ना डिजाइनरहरु नेपाली सञ्चारकर्मीमार्फत सार्वजनिक गरेका हुन्। प्रदर्शनमा उनले पर्सियन डिजाइनहरु प्रस्तुत गरे। यी पहिरनहरु तयार पार्न उनले भारतको कोलकाताका स्थापित फेसन डिजाइनर अनु खेमाकासँग सहकार्य गरेका हुन्। ‘एनडिके एण्ड सिफन फेसन वेयर ब्राण्ड’ चाँडै नै काठमाडौंमा सञ्चालन हुने उनले जानकारी पनि दिए।

१८ नेपाली व्यावसायिक मोडलहरुले ती पहिरनहरु प्रदर्शन गरेका हुन्। ट्रंक शोको शोजस्टरमा नायिका पूजना प्रधान रहेकी थिइन्। उनले अन्य मोडलहरुसँगै एनडिके एण्ड सिफन ब्रान्ड लगाएर र्‍याम्पमा क्याटवाक गरिन्।

आफ्ना डिजाइनहरुको पहिलो शोमा नीलडेभिडले ओमन्स वेयरलाई प्रथमकिता दिएका छन्, जसमा पार्टी वेयर, ब्राइडल सारी, लेहेँगा, कुर्तासहितका डिजाइनर समावेश छन्। एनडिके एण्ड सिफनको अर्को फेसन शो अक्टोबर १४ मा कोलाकाताको ताज बंगाल होटलमा सम्पन्न हुनेछ।

एनडिके एण्ड सिफ ब्राण्डलाई नेपालमा स्थापित परेर अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली मौलिकतालाई विशेष ध्यान दिएर नेपाली पहिरनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने नीलडेभिडले बताए।[पहिलोपोस्ट]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर