आफ्ना २१ प्रतिस्पर्धीलाई पछि पार्दै ‘१४ औं मिस टिन नेपाल–२०१६’को उपाधि काठमाडौंकी १७ वर्षीया जस्मिन खड्काले जितेकी छिन् ।
काठमाडौं जेसिसद्धारा मँगलबार राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा आयोजिता अन्तिम प्रतिस्पर्धामा उनले मिस टिन नेपाल-२०१६को उपाधि जितेकी हुन् ।
शिर्ष उपाधिसँगै उनले मिस फोटोजिनक र विभिन्न उपहार समेत प्राप्त गरिन् ।
यस्तै सो प्रतियोगितामा काठमाडौंकी १८ वर्षीैया उर्जा नेवा ‘फस्ट रनर अप’ भईन् । उर्जाले ‘मिस डिसिप्लेन’को उपाधि समेत प्राप्त गरिन् ।
‘सेकेन्डर रनर अप’को उपाधि काठमाडौंकै १८ वर्षीया अनुष्का अधिकारीले हाँसिल गरिन् । अनुष्काले पनि उपाधिसँगै विभिन्न उपहार पाईन् ।
सो प्रतियोगितामा अन्य केही उपाधि तर्फ ‘मिस फ्रेण्डसिप’को उपाधि अनु सुवेदीले पाईन् । ‘मिस भिवर्स च्वाईस’को उपाधि रेजिना डिसीले हाँसिल गरिन् ।
‘बेस्ट ड्रेस’को अवार्ड तृषा श्रेष्ठले जितन भने ‘मिस पर्सनालिटी’को अवार्ड प्रमु गुरुङले हाता पारिन् । यस्तै ‘मिस पब्लिक च्वाईस्’ को उपाधि ऋतिका शाक्य र ‘मिस ट्यालेन्ट’को उपाधि सृष्टी अधिकारीले प्राप्त गरिन् ।
जेसी विवस कर्मचार्यको अध्यक्षतामा सम्पन्न मिस टिन नेपाल-२०१६को अन्तिम प्रतिस्पर्धाका निर्णायकमा पूर्व मिस नेपाल जेनिशा मल्होत्रा, जेसिआई सिनेटर अजयरत्न तुलाधर, अभिनेता एवं मोडल मञ्चिन शाक्य, फेशन डिजाईनर मुक्ता श्रेष्ठ, पत्रकार पुष्करभक्त माथेमा र पत्रकार डब्बु क्षत्री थिए ।
किशोरीहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति, सामाजिक कार्यमा अग्रसरता र नेतृत्वदायि भूमिकाको लागि काठमाडौं जेसिसले १४ वर्ष देखि मिस टिन नेपाल आयोजना गर्दै आएको काठमाडौं जेसिसको अध्यक्ष सुमन महर्जनले कार्यक्रममा जानकारी गराए ।
सो प्रतियोगिताको कोरियोग्राफरमा पूर्व मिस टिन कोन्साङ मोक्तान श्रेष्ठ र सह कोरियोग्राफरमा केसू खड्का थिए ।