यो वर्ष सन् २०२० मा करिब ४९९ वर्षपछि एउटा गज्जबको संगम परेको छ, १४ नोभेम्बर शनिबारका दिन अर्थात आज नै यस वर्ष लक्ष्मीपूजा र नरक चतुर्दशी दुबै परेको हो । लक्ष्मीपूजा औँशीका दिनमा पर्दछ तर यसवर्ष चतुर्दशी र औँशीको दुर्लभ संयोग रहेको पाइन्छ, यसवर्षको ग्रहगोचर अन्य वर्षहरू भन्दा फरक छ, शायद । कोरोना त्रासले विश्व नै वर्षदिन देखि आक्रान्त भएको यस वर्षले लक्ष्मी माताको कृपाले चाँडै साम्यावस्थामा फर्कने अवसर पाओस् ।
ग्रहगोचर हेर्न हो भने आज बृहस्पति, शुक्र र शनिको दुर्लभ संयोग रहेको छ । भूमिदेवताका पुत्र र ब्रह्माको आशीर्वाद पाएको नरकासुरले एकदिन भगवान कृष्णलाई आक्रमण गर्दछ । आफ्नी आमाको हातबाट मात्र मारिने वरदान पाएका यि राक्षसलाई कृष्णकी तेश्रो पत्नी स्वरुप सत्यम्भाले भूमिदेवीको अंशका रुपमा वध गरेपछि आजको दिन मनाउन थालियो । नरकासुरले मृत्युका वखत आफ्नी आमाको पुकारा गरेको र आफ्नो सम्झना युगयुगान्तर होस् भनी कृष्णलाई आग्रह गरेपछि, नरकासुरको नाममा नरक चतुर्दशी दियो बालेर मनाउन थालिएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 250