Aamsanchar

सालकको खबटा सहित १ जना पक्राउ

Author Image
शुक्रवार, मंसिर ५, २०७७
उदयपुर- त्रियुगा नगरपालिका-११ पिपल चोकबाट दुर्लभ वन्यजन्तु सालकको खबटा सहित १ जना पक्राउ परेका छन् । नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो साँढे ३ बजे साउनेबाट गाईघाट तर्फ आउँदै गरेको स १ ह २६९० नम्बरको अटोलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त अटोको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० ग्राम दुर्लभ वन्यजन्तु सालकको खबटा बरामद गरेको हो ।
अटोबाट सालकको खबटा बरामद भएसंगै अटो चालक त्रियुगा नगरपालिका-१४ का ४१ बर्षीय पहलमान कट्वाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर