Aamsanchar

स्याउ उत्पादन ४४०० मेट्रिक टन 

Author Image
बिहिवार, असोज १३, २०७३

मुस्ताङ ।

जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिनुभयो ।

लामो समयसम्म खडेरी पर्नु, जिजिनामथ किराको सङ्क्रमण, स्याउको फूल फुल्ने बेला तुसारो परेकाले उत्पादन घटेको हो । अधिकांश किसानले यस वर्ष स्याउ टिपेर बजारमा पु¥याइसकेका छन् । भदौ अन्तिम साता स्याउ टिपेका यहाँका किसानलाई बेनी–जोमसोम सडक सञ्चालन नहुँदा ढुवानी गर्न समस्या भएको गुरुङको भनाइ छ ।

जिल्लामा एक हजार ४५ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिए पनि ३५० हेक्टरमा लगाएको बोटबाट मात्र उत्पादन भएको थियो । “बर्सेनी स्याउ उत्पादन एकनासले हुने गरेको छ,” वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले भन्नुभयो । जिल्लाका १६ गाविसमध्ये टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र घमीमा मात्र स्याउ उत्पादन हुन्छ ।

जिल्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड, फुजी, न्यूरोयल, मुत्सु, अ‍ैकिन, बिनौनी, साउने, राइमर, अम्री, रेड गोल्ड, ब्रामे र चकलेटलगायतका प्रजातिका स्याउ उत्पादन हुने गर्दछन् । यस वर्ष किसानले व्यापारीलाई बोटबाटै प्रतिकिलो रु ८० देखि रु १०० मा स्याउ बिक्री गरेका छन् । यहाँका किसानले स्याउबाट बर्सेनि रु एक लाख देखि रु एक करोडसम्म आम्दानी गर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर