Aamsanchar

भारत– पाकिस्तान युद्धको तयारी,नियन्त्रण रेखामा कारबाही

Author Image
बिहिवार, असोज १३, २०७३

गत साता भारत प्रशासित काश्मीरस्थित उरीमा सैनिक अखाडामा भएको आतंकवादी हमलापश्चात चर्किएको तनावका माझ भारतीय सेनाले दुई देशको सीमास्थित नियन्त्रण रेखामा सीमित कारबाहि ‘सर्जिकल स्ट्राइक्स’ गरेको जनाएको छ।

बिहीबार एक पत्रकार सम्मेलनमा बोल्दै भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले आतंकवादीहरुको इलाकामा हमला गरिएको बताए।

“यो हमला बुधवार राति गरिएको थियो जब सीमा नियन्त्रण रेखामा आतंकवादीहरु जम्मा हुँदैछन् भन्ने पक्का जानकारी हामीलाई प्राप्त भयो,” उनले भने।

यसअघि पाकिस्तानले बिहीबार बिहानै सीमा नियन्त्रण रेखामा भारतीय सैनिक टुकडीसँग भएका गोली हानाहानमा आफ्ना दुई सैनिक मारिएको जनाएको थियो।

पाकिस्तानी सेनाले भारतले बिना कुनै उक्साहट नियन्त्रण रेखामा गोली हानेको जनाएको छ।

पाकिस्तानी टिभी च्यानल पीटिभीका अनुसार प्रधानमन्त्री नवाज शरीफले ‘भारतको खुला अत्याचार’को निन्दा गरेका वीवीसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर