Aamsanchar

वेलडागीमा सुरुभयो फुटवल टुनामेन्ट

Author Image
शुक्रवार, असोज १४, २०७३

aam

खेल निर्णायकलाई बल हस्तान्तरण गरेर खेल उद्घाटन गर्दै प्रमुख अतिथि जलकुमार गुरुङ साथमा समाजसेवी देवीप्रसाद गिरी  ।

विनोद पाण्डे

चारपाने,१४, असोज । झापा विर्तामोड नगरपालिका २,स्थित वीर अमरसिंह उच्च माविको खेलमैदानमा जिल्ला स्तरिय फुटवल टुनामेन्ट सूरु भएको छ ।वेलडा“गी यूवा परिवारले आयोजना गरेको खेलको उद्घाटन समारोहमा युवा परिवारका अध्यक्ष बलकृष्ण मिश्रको सभापतित्य र झापा जिल्ला फुटवल संघका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आथित्य रहेको थियो ।

उद्घाटन कार्यक्रममा स्थानिय समाजसेवीहरु मदन गोपाल सुब्बा,देवीप्रसाद गिरी, डोमालाल राजवंशी, वीरअमर सिंह उच्च माविका प्राचार्य यदुनाथ अधिकारी,एक्सपर्ट एजुकेशन विर्तामोड झापाका प्रमुख कृष्ण खतिवडा, नेकपा एमाले नगर सचिव नगेन्द्र संग्रौला, राप्रपा नेपाल नगर अध्यक्ष शंकर रिजाल, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष अरुण श्रेष्ठ र नगर वडा कार्यालय प्रमुख भाष्कर लुईटेल लगायतको आतिथ्य रहेको थियो ।
स्थानिय स्तरमा उत्साहजन रुपमा सञ्चलन गरिएको फुटबल खेल उद्घाटनमा राजनितिक दलहरुको तर्फवाट नेपाली काग्रेस विर्तामोड नगर समितिका सभापति भोजराज सिटौला र संघ संस्थाको तर्फवाट विर्तामोड नगरपालिकाका नायव सुब्वा मेघराज बास्तोलाले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य लीला खत्रीले गरेका थिए । कार्यक्रमको सञ्चालन चित्रकला ओलीले गरेकी थिईन ।

प्रथम हुने टिमलाई नगत २५ हजार र दोस्रोहुने टिमलाई नगत १५ हजार राशी रहेको टुनामेन्ट खेलमा १२ टा फुटवल टिमले सहभागी जनाउने भएका छन । पहिलो उद्घाटन खेलमा जलथल युवा परिवार र फक्तिम युवा परिवार विच भएको खेलमा फक्तिम युवा परिवारले जलथल युवा परिवारलाई २ को विरुद्ध ४ गोल लगाएर विजयी बनेको थियो । खेलमा उत्कृष्ट खेलाडी जलथल युवा परिवारका जर्सी नं. ८ का प्रदिप लिम्बु घोषित भएका थिए । असोज १५ गते हुने दोख्रो खेलमा पूर्वेली ११ विर्तामोड र बाहुन्डागी युवा परिवार विच खेल हुने आयोजकले जनाएको छ । खेलको फाईनल खेल असोज २३ गते हुने छ ।

खेल सम्पन्न गाराउन विर्तामोड स्थित एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस शाखा कार्यालयले मुख्य प्रायोजन गरेको छ । खेलको निर्णायकमा भक्तराज कार्की, विवेक मान्धर, महम्मद कादिर खान र खेमराज उप्रेती रहेका थिए ।

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)