Aamsanchar

अन्तर्राष्ट्रिय टर्मिनलमा खटिएका ट्राफिक प्रहरीलाई १६० रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ

Author Image
सोमवार, मंसिर २२, २०७७

काठमाण्डौ-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय टर्मिनलमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भएर काठमाण्डौको चाबहिल बस्ने ३५ वर्षका बा ३३ प ६५ नम्बरको मोटरसाइकल चालक उज्ज्वल आचार्य पक्राउ परेका हुन् । यातायात व्यवस्था ऐनअन्तर्गत कारबाही गर्न खोज्दा उनले १६० रुपैयाँ घुस दिन खोजेकाले उनलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अघि बढाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उनलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर