Aamsanchar

चितवनको सौराहामा भैँसीकाे दूध खुवाएर हुर्काइएकाे गैँडाकाे बच्चा

Author Image
सोमवार, मंसिर २२, २०७७

चितवन – चितवनको सौराहामा रहेको राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुर्किएको गैँडाको बच्चालाई जङ्गल पठाउने तयारी गरिएको छ । एक वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा अलपत्र परेको त्यस गैँडाको बच्चालाई उद्धार गरी हुकाईएको हो । पुष्पा नाम गरेकी गैँडाको बच्चालाई भैँसीको दूध खुवाएर हुर्काइएको हो । अहिले घाँस खान सक्ने भएसँगै जङ्गलमा लगेर छाड्ने तयारी गरिएको छ ।

गैँडाको बच्चालाई लालबहादुर महतराले हुर्काउनुभएको हो । सानैदेखि रेखदेख गर्दै आएकाले पुष्पालाई छाडनुपर्ने दिन नजिकिँदै गर्दा महतरा भने दुःखी देखिनुहुन्छ । आफ्नो बच्चालाई जस्तै माया दिएर हुर्काएकोले जङ्गलमा छाडे पनि रेखदेख गर्न पुग्ने महतराले बताउनुभयो ।

पुष्पाले जन्मेदेखि नै जङ्गलको अनुभव गर्न पाएकी छैन । भैँसीको दूध खाएर हुर्केकी पुष्पालाई सुरुमै खुला जङ्गलमा नभइ अर्नाका लागि बनाइएको खुला खोरमा छोड्ने तयारी गरिएको छ । तत्कालै जङ्गल लगेर छाड्दा अन्य जनावरको डर हुने भएकोले पहिला निकुञ्जभित्रको अर्नाका लागि तयार पारिएको ‘इन्क्लोजर’ ९तारबार गरी निश्चित क्षेत्र छुट्टाइएको ठाउँ० मा लगेर राखिने र जङ्गलकै प्रकृतिमा रमाउन सक्ने भएपछि खुला जङ्गलमा छाडिने राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्रमुख डा। बाबुराम लामिछानेले बताउनुभयो ।

राष्ट्रिय प्राकृतिक संरक्षण कोषले पुष्पासहित अहिलेसम्म २५ वटा टुहुरा गैँडाको बच्चा हुर्काएको छ । पुष्पालाई भेटेरिनरी डाक्टर, वन्यजन्तु प्राविधिकसहितको सहयोगमा हुर्काइएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 266

प्रतिक्रिया (०)

सम्बन्धित खबर