Aamsanchar

मनकारी मेस्सी

Author Image
शनिवार, असोज १५, २०७३

झापा । 

52249-lionel-messi

लियोनल मेस्सी विश्वका उत्कृष्ट फुटबल खेलाडी मात्रै होइनन्, राम्रो मन भएका मानव पनि हुन् ।  बार्सिलोनाका स्ट्राइकर मेस्सीले गम्भीर दुर्घटनामा परेर फेरि खेल्न नसक्ने भएका खेलाडीलाई सहयोग गर्ने भएका छन् । मेस्सीले यसका लागि आफ्नो जर्सीमा हस्ताक्षर गरेर लिलामीका लागि दिएका छन् । यसबाट आएको पैसा गम्भीर दुर्घटनामा परेर फेरि खेल्न नसक्ने भएका खेलाडीको सहयोगका लागि खर्च गरिने छ ।

यो अभियानमा यसअघि वाइने रुनी र जोन टेरी सामेल भएका थिए । उनीहरुले आफ्नो जर्सीमा हस्ताक्षर गरेर लिलामीका लागि दिएका थिए । मेस्सीसँगै आद्र तुरानले पनि यो अभियानमा साथ दिएका छन् । मेस्सी, रुनी, टेरीसहितका खेलाडीको हस्ताक्षर रहेको जर्सीको लिलामीबाट संकलन भएको पैसा शन ह्वाइटर जस्ता दुर्घटनामा परि फेरि खेल्न नसक्ने भएका खेलाडीको सहयोगका लागि खर्च गरिने छ ।
लिलामी अक्टोबर ९ मा हुनेछ । २७ वर्षका ह्वाइटर गएको जुलाइमा सडक छेउमा साथीको गाडीको टायर फेर्न सहयोग गर्ने क्रममा दुर्घटना हुँदा दुईवटै खुट्टा गुमाउन बाध्य भएका थिए । ह्वाइटरका साथी ३१ वर्षका जोए अब्बासको खुट्टामा गम्भीर चोट लागेको छ । ह्वाइटर इंग्ल्याण्डको ननलिग क्लब न्युमार्केट टाउन एफसीका खेलाडी थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर