Aamsanchar

सप्तरीमा दुई पक्षबीच भएको झडपमा एकजना महिलाको ज्यान गयो, अन्य चार जना घाइते

Author Image
सोमवार, मंसिर २९, २०७७

सप्तरी । सप्तरीमा दुई पक्षबीच भएको झडपमा एकजना महिलाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्लाको बोदे बर्साइन नगरपालिका-३ कसमार टोलमा सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा परी रामपृत मण्डलकी ३५ बर्षीया श्रीमति गंगीयादेवीको मृत्यु भएको प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए । उनका अनुसार लाठी, बाँसको भाटाले प्रहार गर्दा महिलाको घटनास्थलमै मृत्यु भएको हो । झडपमा चार जना घाइते भएका छन् । ५५ वर्षीय जयनारायण मण्डल, ३५ वर्षीय सोबिन्द्र मण्डल, १८ वर्षीय धिरज मण्डल र ४५ वर्षीय जोगिन्द्र मण्डलको टाउकोमा चोट लागी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको सिराहाको लहानमा उपचार भइरहेको छ ।

घटनामा संलग्न रहेका अर्को पक्षका ५० वर्षीय शिवसरन मण्डल, ४७ वर्षीय बिजय मण्डल, २२ वर्षीय सुरेन्द्र मण्डल र २८ वर्षीय रवित मण्डललाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय कडरबोना राखिएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको बारे थप बुझने तथा खोजतलास कार्य भइरहेको प्रहरी प्रवक्ता साहले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 396

प्रतिक्रिया (०)

सम्बन्धित खबर