Aamsanchar

आज देखि नयाँ नोट बितरण

Author Image
आइतवार, असोज १६, २०७३

काठमाडौं ।

2002550021

नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि आज देखि नयाँ नोट बितरण गर्ने भएको छ ।

प्रत्येक ब्यक्तिलाई ३७ हजारको दरले नयाँ नोट दिने र यसका लागि नेपाल राष्ट्र बैंक थापाथलीमा ९ वटा काउन्टरको व्यवस्था गरेको छ ।

यसका साथै जेष्ठ नागरिक, शारिरीक रुपमा अपांगता भएका ब्यक्तिहरुका लागि छुट्टै ६ वटा काउन्टरको ब्यबस्था गरेको छ ।

नयाँ नोटका लागि लाइन बसेका सर्वसाधारणका लागी कुपनको ब्यबस्था गरी नयाँ नोट दिने ब्यबस्था नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसअघि असोज ९ गतेदेखि ३ दिनसम्म बाणिज्य बैंकलाई, र बिकास बैंक र बित्त कम्पनीलाई एक एक दिन नयाँ नोट बितरण गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर