Aamsanchar

शरीरको लागि मुला किन खान आवश्यक छ ? मुख्य १२ फाइदा

Author Image
सोमवार, पौष ६, २०७७

मुला स्वास्थ्यको लागि उपयोगी भए पनि तरकारी, अचार र सलादमाप्रयोग हुने मुलाको स्वाद कतिपयलाई मन पर्दैन । मुलाको सेवनले मुख दुर्गन्ध हुने र पादआउने भनेर धेरै मानिसले यसलाई हेला पनि गर्छन ।

तर मुला खाँदा स्वास्थ्यलाई फाइदै फाइदा हुन्छ । यसको पातसमेत तरकारी र गुन्द्रुक बनाएर खाने चलन छ । आजभोली व्यवसायिक उदेश्यले खेती गरिने गरेको मुलामा अध्याधिक विषाधि प्रयोग हुने गरेको पाईएको छ । त्यसरी फलाईएको मुला शरिरको लागि हानिकारक हुन सक्छ तर घर घरमा विधाषि प्रयोग नगरिकन उत्पादन भएको मुला सेवन गर्दा फाईदै फाईदा हुने विज्ञहरुले बताएका छन् ।

मुख्य १२ फाईदा
१, मुला काँचै वा यसका पातको तरकारी बनाएर खाएमा, पाइल्समा रोगीलाई फाइदा पुग्छ ।
२, मुलाको सेवनले मधुमेह भएकाहरुलाई समेत लाभ हुन्छ।

३, नियमित बिहान उठ्ने बित्तिकै मुला खाएमा जण्डिसमा समेत लाभ मिल्दछ ।

४, मुलामा हुने भिटामिन सी, जिङ्क र फसफोरसले छाला सुख्खा हुनबाट नियन्त्रण गर्दछ ।

५, मुलाको सेवनले राता रक्तकोषलाई मर्नबाट जोगाउँछ र रगतमा अक्सिजनको मात्रा भर्दछ ।
६, मुलाको नियमित सेवनले पित्त रसको उत्पादन बढाउँछ साथै लिभरको सुरक्षा गर्दछ ।
७, मुलामा मुटुलाई प्रभावकारी रुपमा काम गराइ राख्न सहयोग गर्ने एन्थोसाइनस हुन्छ ।

८, भिटामिन सी र फोलिक एसिड पाइने भएकाले मुला मुटुलाई फाइदाजनक हुन्छ ।
९, रगतमा पोटासियमको मात्रा सप्लाइगर्ने भएकाले यसले रक्तचाप सन्तुलित राख्दछ ।
१०, मुलाले पाचन प्रणालीलाई राम्रो बनाउँछ ।
११, मुलाको सेवनले एसिडिटी, ग्यास्ट्रीक, मोटोपनसहितका समस्या समाधान गर्दछ ।
१२, नियमित मुलाको जुस खाने गरेमा छाला स्वस्थ रहन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1185

प्रतिक्रिया (०)

सम्बन्धित खबर