Aamsanchar

बलरले हेलमेट लगाएर बल फ्याँक्नुपर्ने

Author Image
मङ्गलवार, पौष ७, २०७७

काठमाडौं : विश्वभर खेल सुरक्षामा नयाँ-नयाँ विधि र प्रविधि अवलम्बन गर्ने गरिएको छ। टी-२० क्रिकेटको आगामी सिजनमा यस्तै एक प्रयोग हुने भएको छ। जहाँ बलरले हेलमेट लगाएर बल फ्याँक्ने छन्। इंग्लिस काउन्टी टीम योर्कसायरले तीव्र बलरका लागि हेलमेटको डिजाइन तयार गरेको छ। जसको प्रयोग आगामी सिजनबाट हुनेछ।

केही दिनअघि भारत ‘ए’ विरुद्धको अभ्यास खेल दौरान जसप्रित बुमराहको सट लागेर तीव्र बलर क्यामरुन ग्रीन चोट बोक्न पुगे। त्यसो त यस्ता घटना हुँदै आएकाले पनि बलरले हेलमेट लगाउनुपर्ने आवाज उठ्दै आएको छ। 

केही अघिदेखि नै न्युजिल्यान्डको घरेलु प्रतियोगितामा बलरले हेलमेट प्रयोग गर्दै आएका छन्। तर यो बलरका लागि त्यति उपयोगी मानिएको छैन।

फ्लेचरको त्यो चोट

२०१७ मा इंग्लिस काउन्टी प्रतियोगितामा योर्कसायर विरुद्ध खेल्दा नाटिंघमशायरका बलर ल्युक फ्लेचरको टाउकोमा गम्भीर चोट लाग्यो। तीव्र बलिङ गरेका उनको बल सैम हेनले सट हानेका थिए। त्यो सट फ्लेचरकै टाउकोमा लागेको थियो।

जसका कारण उनी ६ महिना सम्म गाडि चलाउन असफल भए। उनले यो विषयमा किताब नै लेखे। उनका अनुसार जब बल फ्याँक्ने क्रममा पीचमा ६ यार्डसम्म आइन्छ, तब ब्याटस्मयानसँगको दुरी केवल १० यार्ड मात्र हुन्छ। यस्तोमा बलले लागेमा गम्भीर चोट बोक्ने संभावना रहन्छ।

१२ वर्षदेखि क्रिकेट खेल्दै आएका ३२ वर्षीय फ्लेचर भन्छन्‌, ‘अहिले ब्याट्सम्यानहरू निकै शक्तिशाली भएका छन्। उनीहरू निकै पावरफुल सटहरू खेल्छन्। जुन पहिलाभन्दा धेरै शक्तिशाली छ। ब्याटिङ क्षमता दिन प्रतिदिन परिष्कृत हुँदै जान्छ। जसले बलरमा सुरक्षा चुनौती बढाएको छ।’

पछिल्लो समय नेट अभ्यासपनि चुनौतीपूर्ण हुँदै गएको फ्लेचर बताउँछन्‌। जसले गर्दा हकीको हेलमेट प्रयोग गर्ने गरिएको, तर त्यसले शतप्रतिशत जोगाउन नसक्ने उनको दाबी छ।

टी-२० र एक दिवसीयमा छक्काको संख्या बढ्यो

टी-२० को आगमनसँगै सीमित ओभरमा खेलाडीले ठुला सटहरू खेल्दै निरन्तर छक्काको वर्षा गराइरहेका छन्। २००० देखी २०१० सम्ममा हरेक एक दिवसीय खेलमा औषत ५ छक्का लाग्थ्यो। यही औषत २०११ देखि २०२० सम्ममा ८ भएको छ।

टी-२० मा २०११ देखी २०१५ को बीचमा औषत ९ छक्का प्रहार हुन्थ्यो। २०१६ देखी २० लाई आधार मान्दा औषत १३ छक्का प्रहार हुन थालेको छ। त्यसैले बलरहरूको सुरक्षाको आवाज बलियो बन्दै आएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर