Aamsanchar

युवतीलाई लिफ्ट दिँदा यसरी परे एक युवक लुटेरा समूहको घेराबन्दीमा, ६ तोला सुनसहित सामान लुटे

Author Image
बुधवार, पौष ८, २०७७

काठमाडौं । ‘सर, कहाँ जानु हुने रु’, २०/२२ वर्षकी जस्ती देखिने युवतीले सोधेपछि सिन्धुलीका भोलाबहादुर जर्घा मगरले सहजै जवाफ फर्काए । मगर कलंकी जाने थाहा पाएपछि उनले चोभारसम्म पुर्‍याइदिन आग्रह गरिन् । चोभारमा युवतीलाई छाड्ने बेला भने मगर लुटेरा समूहको घेराबन्दीमा परे । त्यसपछि बल्ल चाल पाए, ‘हातमा सिक्री देखेपछि लुटेरा समूहले युवतीलाई प्रयोग गरेर चोभारसम्म ल्याएको रहेछ ।’

सुरुमा मगरले प्रतिवाद गर्ने कोशिस गरे । तर, लुटपाटमा संलग्न गिरोहले उनलाई रड प्रहार गरेर ६ तोला सुनको सिक्री, मोबाइल, चस्मा लगायत गरी ६ लाख ३५ हजार रुपैयाँ बराबरको सामान लगे ।

घटनालगत्तै मगरले प्रहरीलाई खबर गरे । तर, गत ८ साउनमा भएको यो लुटपाटमा संलग्न कोही पक्राउ परेका थिएनन् । ‘हालै हामीले लुटपाटमा संलग्न दोलखाको सागर भनिने लालबहादुर श्रेष्ठलाई पक्राउ गरेका छौं’, महाशाखाका एसपी ईश्वर कार्की भन्छन् । कार्कीका अनुसार श्रेष्ठसहितको समूहले अन्य ठाउँमा पनि युवतीको प्रयोग गरेर लुटपाट गरेको आशंका गरिएको छ । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर