Aamsanchar

‘छक्का पन्जा–३’ युट्युवमार्फत सार्वजनिक (भिडियो सहित)

Author Image
बिहिवार, पौष ९, २०७७

काठमाडौं । सुपरहित फिल्म ‘छक्का पन्जा–३’ सार्वजनिक भएको छ । हाइलाइट्स नेपालको युट्युवमार्फत फिल्म बुधबार साँझ सार्वजनिक भएको हो । फिल्म सार्वजनिक भएको २४ घन्टा पनि नबित्दै युट्युव ट्रेन्डिङमा आउन समेत सफल भएको छ । समाचार तयार गर्दासम्म फिल्मले ५ लाख बढी दर्शक पाउँदै युट्युव ट्रेन्डिङको नवौं स्थान ओगट्न सफल भएको हो । अहिलेसम्म फिल्मले २७ हजार लाईक र करिब ४ हजार डिस्लाइक समेत पाएको छ ।

दिपाश्री निरौलाद्वारा निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला फिल्ममा अतिथि भूमिकामा देखिएका छन् ।

आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मको केदार घिमिरे (माग्ने बुढा)र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माता हुन् । फिल्मको कथा दीपक आफैंले तयार पारेको हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 349

प्रतिक्रिया (०)

सम्बन्धित खबर