Aamsanchar

मोरङमा कार र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, कार चालक झापाका धिमाल नियन्त्रणमा

Author Image
सोमवार, पौष १३, २०७७

मोरङ – मोरङमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । सोमबार दिउँसो मोरङको पथरी शनिश्चरे नगरपालिका २ को हरियाली सामुदायिक वन अगाडि दुर्घटनामा भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल ठोक्किँदा मिक्लाजुङ गाउँपालिका ४ का सन्तोष लिम्बु र सुनिल धमलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनामा घाइते भएका एक जनाको मङ्गलबारे अस्पतालमा ज्यान गएको हो भने एक जनाको विराटनगर ल्याउँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिनुभयो । कार चालक झापाको दमक नगरपालिका २ का लक्ष्मीकुमार धिमाललाई कारसहित नियन्त्रणमा लिइएको छ । दुर्घटनापछि मोटरसाइकलमा तेल लिक भएर आगो लागेकाले नम्बरसमेत नचिनिने भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर