मेलानोमा, बेसल सेल कार्किनोमा र स्क्वामस सेल कार्किनोमा जस्ता छालाको क्यान्सर धेरैजसो तपाईंको छालामा देखिने अनावश्यक परिवर्तनसहित सुरु हुन्छ । छालामा यस्तो प्रकारको परिवर्तन क्यान्सर हुँदैन, तर क्यान्सरको कारण भने बन्न सक्छन् । एक अनुमानका अनुसार गोरो छाला भएका करिब ६५ वर्षको उमेरका ४० देखि ५० प्रतिशत मानिसहरुमा क्यान्सरको खतरा बढी हुन्छ । त्यसैले छालामा देखिने कुनै पनि दागधब्बालाई नजरअन्दाज नगर्नुहोस् । यदि स्किन क्यान्सरलाई सुरुवाती स्टेजमा नै नरोकिए स्थिती थप खराब हुनसक्छ ।
एक्टोनिका केराटोसिसः
शरीरमा यी स–साना धब्बा सूर्यको किरणको अत्यधिक सम्पर्कमा रहँदा हुनसक्छ । यस्ता दाग हाम्रो टाउको, नाक, हात वा शरीरको कुनै पनि अंगमा हुनसक्छ । यद्यपि, यस्तो दागले कति समयपछि क्यान्सरको रुपमा धारण गर्छ, त्यो बताउन भने मुश्किल छ । यसको सम्भावना त निकै कम हुन्छ तर डाक्टरले यसको परीक्षण गराउन सल्लाह दिन्छन् । गोरो छाला, रातो कपाल र निलो–हरियो आँखा भएकाहरुमा यसको खतराको सम्भावना बढी रहन्छ ।
एक्टिनिक चेइलिटिसः
एक्टिनिक शिलाइटिस पनि छालाको क्यान्सरको सुरुवाती स्थिती हुनसक्छ । यसमा साधारणतया तल्लो ओठमा घाउ आउने गर्छ । कसैको ओठ सुन्निने हुन्छ भने छालाको शार्प बोर्डर र लिप लाइनमा पनि यसको असर पर्नसक्छ । यदि समयमा नै उपचार नभए एक्टिनिक चेइलिटिस खतरनाक स्क्वेमस सेल कार्सिनोमाको रुप लिनसक्छ ।
क्युटेनियस हर्नः
क्यूटेनियस हर्न छालामा निकै कडा गरी आउँछ । यसले तल्लो सतह रातो हुन्छ । यो केराटिनले बनेको हुन्छ । त्यहि प्रोटिन जसले हाम्रो नङ बन्छ । यो एक्टिनिक केराटिनको एउटा विशेष प्रकार हो । हुन त यसको आकार, प्रकार जुनसुकै हुन सक्छ तर धेरैजसो अवस्थामा यसको लम्बाई मिलिमिटरमा हुन्छ । यसको आधारमा स्क्वेमस सेल कार्किनोमा पाइन्छ । सूर्यको किरणको सिधा सम्पर्कमा आउने गोरो छालामा यस्तो सम्स्या बढी हुन्छ ।
कोठीः
शरीरमा देखिने कोठीमा विभिन्न प्रकारको परिवर्तन आउनु सामान्य होइन । यस्तो प्रकारको समस्याले छालाको समस्या निम्त्याउने गर्छ । यस्तो परिवर्तन एक समयपछि मेलानोमा क्यान्सरको कारण बन्न सक्छ । छालाको क्यान्सरमा परिवर्तन हुने कोठी धेरैजसो अनियमित आकारका हुन्छन् । यो कुनै पनि रङ्गको हुनसक्छन् । यसको आकार कुनै पेन्सिल इरेजरजस्तो ठूलो हुनसक्छ ।
डाइप्लास्टिक नेवीः
डाइप्लास्टिक नेवीः
शरीरमा जन्मजात नै देखिने कोठी क्यान्सर हुँदैनन् तर यो क्यान्सर बन्न सक्छ । सूर्यको सम्पर्कमा सबैभन्दा बढी वा कम आउने अंगमा यसको सम्भावना बढी रहन्छ । यो आकारमा निकै ठूलो र अनियमित हुनसक्छन् जसको रेखा केही धमिलो देखिने गर्छ । यो गुलाबी, रातो वा खैरो रङको हुनसक्छ ।
कहिले लिने डाक्टरको सल्लाहः
हुन त शरीरमा कोठी हुनु निकै सामान्य कुरा हो । तर यदि कोठीको आकार अनियमित हुन थाल्छ भने छाला रोग विशेषज्ञसँग यसको उपचार गराउन आवश्यक छ ।
रङमा ध्यान दिनुहोस्ः
कोठीमा यदि क्यान्सर भएको छ भने यो सधैं एउटै रङको हुँदैन । यसको रङ परिवर्तन भइरहन्छ । यो रातो, खैरो, निलो, सेतो वा कुनै पनि रङको हुनसक्छ । जबकी एक सामान्य कोठी सधैं एउटै रङको हुन्छ । कोठीको असामान्य आकार र रङ फेरिरहन्छ भने डाक्टरलाई कुनै पनि हालतमा देखाउनुहोस् ।