Aamsanchar

विप्लव समूहका दुईजना कार्यकर्ता पक्राउ

Author Image
सोमवार, पौष २०, २०७७

सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता कालिकोटबाट पक्राउ परेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित दुईजना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । डीएसपी शाहका अनुसार पक्राउ पर्नेहरूमा नरहरिनाथ गाउँपालिका–९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादर पुन रहेका छन् ।

उनीहरूको साथबाट अर्धनिर्मित काठको एक थान बन्दुक, प्रेसर कुकर बम, तार, डेटोनेटर, पटाका, बम बनाउने सकेट, ब्याट्री चार्जर, सेफ्टी फ्युज, गन्धक, सोडा, निप्पो लाइट लोला, वायर कटर, टेलिफोन तार र केप बनाउन प्रयोग गरिने आल्मुनियम लगायतका विस्फोटक पदार्थ प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त विष्फोटक पदार्थ दुर्गबहादुर बोहोराको घरमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको डीएसपी शाहले बताए । चन्द समूहविरुद्धको विशेष अपरेसनका क्रममा प्रहरीले उनीहरूलाई आइतबार साँझ पक्राउ गरेपनि सोमबार सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर