Aamsanchar

डा भट्टराईद्वारा अवलोकन

Author Image
मङ्गलवार, असोज १८, २०७३

इटहरी।

baburam

नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको धार्मिक तथा जातीय विविधतासँगै बहु सांस्कृतिक सम्पदा नै नेपालीको साझा चिनारी भएको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले आज सुनसरीको इटहरी उपमहानगरपालिका– २ बरगाछी क्षेत्रमा निर्माणाधीन सङ्गीतसाधना प्रतिष्ठान नेपालको भवनको स्थलगत अवलोकन गर्दै यसको संरक्षण र संवद्र्धन सरकारको प्रमुख दायित्व भएको बताउनुभयो ।

सो अवसरमा उहाँले सङ्गीतसाधना प्रतिष्ठानमा आवद्ध प्राज्ञ कलाकार एवम् सङ्गीतकारले अघि बढाएको भवन निर्माण अभियान अनुपम उदाहरणका रुपमा रहेकाले आफ्नो नैतिक समर्थन रहेको बताउनुभयो । प्रतिष्ठानको विकासमा आफूले सक्दो सहयोग गर्ने उहाँले बचन दिनुभयो ।

डा भट्टराईले कलाकारले चलाएको एक इँटा अभियानले राजनीतिक दलका नेतालाई पनि सचेत बन्न अभिप्रेरित गरेको बताउनुभयो । सो अवसरमा प्रतिष्ठानका महासचिव राजु केसीले सङ्गीत शिक्षाको विद्यावारिधीसम्मको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला सङ्गीत र सांस्कृतिक सम्पदाका अध्ययन अध्यापन हुने सो प्रतिष्ठानमा स्वदेशी र विदेशी विद्यार्थी तथा अध्यापकको जमघट हुने गरेको जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष मणि गुरुङका अनुसार साढे १० कठ्ठा जमिनमा निर्माण भइरहेको सङ्गीत साधना प्रतिष्ठानको भवनको एकतला निर्माण भइसकेको र त्यसका लागि करिब रु एक करोड ७५ लाख खर्च भइसकेको छ । चारतले भवन निर्माण गर्न रु ११ करोड खर्च हुने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर