Aamsanchar

बैंकमा सेवाग्राहीको चाप

Author Image
मङ्गलवार, असोज १८, २०७३

भोजपुर।

money-1-660x330

राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखामा सेवाग्राहीको चाप बढेको छ ।  नयाँ नोट सटही सुरु तथा शिक्षकको चौमासिक तलब निकासा र सामाजिक सुरक्षा भत्ता निकासाका कारण सेवाग्राहीको चाप बढेको बैंकका शाखा प्रबन्धक उमेश नेपालले जानकारी दिनुभयो ।

सेवाग्राहीलाई तत्काल सेवा दिने र कसैलाई पनि रित्तो हात नफर्काउने उद्देश्यले आफूहरुले काम गरिरहेको बैंकका कर्मचारी रवीन श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो – “सेवाग्राहीको चाप बढेका कारण हामी कर्मचारीलाई भ्याइनभ्याइ छ ।”

नयाँ नोट सटही आइतबारदेखि मात्रै सुरु गरेकाले सेवाग्राहीको चाप एकैपटक बढेको हो । गत वर्ष करिब रु तीन करोड नयाँ नोट आए पनि यस वर्ष रु एक करोड ५० लाख मात्रै आएको बैंकले जनाएको छ । राष्ट्र बैंकले नयाँ नोट राष्ट्रिय वाणिज्य बैंकलाई एकमुष्ट उपलब्ध गराएपछि वाणिज्य बैंकले जिल्लामा सञ्चालित अन्य वित्तीय बैंकहरुलाई उपलब्ध गराएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर