Aamsanchar

आउँदो संस्करणको आईपीएलमा दिल्लीले नेपालका लेग स्पिनर लामिछानेलाई फुकुवा गर्ने

Author Image
बुधवार, माघ ७, २०७७

काठमाण्डौ – आउँदो संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि दिल्ली क्यापिटल्सले नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई फुकुवा गर्ने भएको छ । गएको संस्करणमा एक खेलमा पनि मौका नपाएका सन्दीपलाई दिल्ली फुकुवा गर्ने निर्णय गरेको हो ।

क्रिकबजका अनुसार दिल्लीले सन्दीपसँगै एलेक्स केरी, कीमो पल, तुषार देशपाण्डे र मोहित शर्मालाई फुकुवा गर्ने निर्णय गरेको हो । आईपीएलको आउँदो संस्करणको अक्सन फेब्रुअरीको दोस्रो हप्तातिर हुन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर