Aamsanchar

आइपुग्यो भारतले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप

Author Image
बिहिवार, माघ ८, २०७७

काठमाडौं – भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले केहीबेर अघि खोप नेपाल आइपुगेको जनाएका छन्। आज बिहान ११ बजे खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई हस्तान्तरण गरिने छ।

विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ।

भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो। अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो। तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने मन्त्रालयले जनाएको छ। १० देखि १५ दिनमा खोप लगाउन सुरु गर्ने योजना मन्त्रालयको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर