

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका क्षेत्रमा रहेका औषधि व्यवसायी बिच अन्तरक्रिया सुझावा संकलन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल औषधि व्यसायी संघ झापाको बिहिबार शनिस्चरेमा प्रलाद ढुङगानाको संयोजकत्व, नेपाल औषधि व्यसायी संघ झापाका अध्यक्ष गौतम गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा औषधि व्यसायी संघ साविक अंचल समितिका पूर्व अध्यक्ष सूर्यप्रसाद कोईरालाको प्रमुख आथित्यता रहेको थियो ।
बुधबारे, अर्जुनधारा, खुदुनाबारी, जयपुर लगायतका क्षेत्रबाट २५ जना औषधि व्यवसायीहरु अन्तरक्रियामा सहभागिता जनाएका थिए ।

औषधि व्यवसायीलाई मर्यादित, पारदर्शिता, कानुनी प्रक्रिया जस्ता बिषयमा छलफल भएको औषधि व्यसायी संघ झापाका महासचिव कार्यक्रम संचालक जीवन खड्काले जानकी दिए ।
Views: 215


