Aamsanchar

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार २५ पुग्यो,पछिल्लो २४ घण्टामा १ सय ५७ जनामा संक्रमण

Author Image
शुक्रवार, माघ १६, २०७७

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।

गत चौबीस घण्टामा ३ हजार २२१ जनाको पीसीआर परीक्षण गरिएकोमा १५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ । चौबीस घण्टामा ३३३ जना संक्रमणमुक्त भएका छन् । कोरोना मुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । हालसम्म क्वारेन्टिनमा १११ जना छन् भने आइसोलेसनमा ३ हजार २२२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर