Aamsanchar

मोरङबाट १ सय ८५ राउण्ड गोली बरामद

Author Image
बिहिवार, माघ २२, २०७७

मोरङ — प्रहरीले उर्लाबारी नगरपालिकाबाट एक सय ८५ राउण्ड गोली बरामद गरेको छ । उर्लाबारी-१ लक्ष्मीझारस्थित दलबहादुर लिम्बूको घरनजिकै भक्तबहादुर सुवेदीको खेत खन्‍ने क्रममा बुधबार फेला परेको उक्त परिमाणको गोली प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । सुवेदीले खेत खन्ने क्रममा कालो प्लाष्टिकभित्र पोको पारी माटोमुनि गाडेको अवस्थामा गोली फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

७ दशमलव ६२ एमएमका उक्त परिणामको गोली इलका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी डीएसपी मानबहादुर राईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर