Aamsanchar

प्रिमियर लिग फुटबलमा चेल्सीद्वारा टोटनह्याम १–० गोल अन्तरले पराजित

Author Image
शुक्रवार, माघ २३, २०७७

काठमाण्डौ-इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले टोटनह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जिताउन खेलको २४ औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । जितपछि चेल्सी अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।

पराजित टोटनह्याम आठौं स्थानमा धकेलिएको छ । चेल्सीले २२ खेलबाट ३६ अंक जोडेको छ भने टोटनह्यामको २१ खेलमा ३३ अंक छ ।

Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर