

काठमाडौं। नेपालमा अझै पनि कोरोनाविरुद्धको खोप लगाउँन हिच्किचाइरहेको पाइएको छ । जसको कारण कोरोनाविरुद्धको खोप लगाउने अभियान सरकारको लक्ष्यअनुसार अगाडि बढ्न नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्याङ्कले पुष्टि गरेको छ ।

कोरोनाविरुद्धको पहिलो चरणको खोप १० दिनको अवधिमा ४ लाख ३० जनालाई लगाइने सरकारको दाबी थियो । तर, अभियानको नवौँ दिनसम्म आइपुग्दा १ लाख ५८ हजार ४ सय ८७ जनाले मात्रै खोप लगाएका छन् ।
सरकारले ७७ जिल्लाका २ सय १ खोप केन्द्रहरूबाट भारत सरकारको अनुदान सहयोगमा आएको कोभिशिल्ड खोप पहिलो चरणमा ३ प्रतिशत फ्रन्टलाइनरलाई दिने योजना बनाएको थियो । स्वास्थ्य मन्त्रालयको लक्ष्य अनुसार खोप अभियान अगाडि नबढेको जनस्वास्थ्यविद्हरूले बताएका छन् ।

Views: 130


