Aamsanchar

गोली हानेर छोरीको हत्या गरी फरार भएका बाबुले राति आएर घरमा लगाए आगो

Author Image
आइतवार, माघ २५, २०७७

बैतडी – बैतडीमा छोरीलाई गोली हानेर भागेका बाबुले राति आएर घरमा आगो लगाएका छन् । पुर्चौडी नगरपालिका-१० महरागाउँका धनसिंह महराले २० वर्षीया छोरी बेलमती महरा धामीलाई गोली हानी हत्या गरेका थिए ।

हिजो दिउँसो छोरीलाई गोली हानेपछि उनी भागेका थिए । तर, महराले राति आएर आफ्नै घरमा समेत आगो लगाएका प्रहरीले जनाएको छ । महराको खोजी भइरहेको प्रहरीले जनाएको छ । महतराले छोरीको हत्या गर्नुको कारण पनि खुलेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)