Aamsanchar

इटहरी १० मा स्वास्थ्य इकाई भवनको शिल्यान्यास

Author Image
बुधवार, माघ २८, २०७७

इटहरी ।  इटहरी उपमहानगरका सवै वडाहरुमा स्वास्थ्य इकाई पुरयाउने उदेश्यले वडा नम्वर १० मा स्वास्थ्य इकाई भवनको शिल्यान्यास गरिएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले विहान स्वास्थ्य इकाई भवनको शिल्यान्यास गर्नुभयो । उहाँले यहि आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गरेर स्वास्थ्य सेवा प्रदान गर्न थालिने जानकारी दिनुभयो । निर्माणको गुणस्तर र समयमा कुनै सम्झौता नहुने प्रष्ट पार्नुभयो ।इटहरीका सवै वडामा स्वास्थ्य सस्था पुरयाउन यो आर्थिक वर्षमा १४ वटा स्वास्थ्य इकाई निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

ति मध्ये १० वटा शिल्यान्यास भएर काम सुरु भएको र केहि सम्पन्न हुने अवस्थामा पुगेको वताउनुभयो । वडाध्यक्ष प्रकाश चौधरीले गाँउघरमै आधारभूत स्वास्थ्य सेवा पाइने अवस्था सृजना हुनु खुशीको कुरा हो भन्नुभयो । कार्यक्रममा इन्जिनियर अनिल तिम्सिनाले २४ लाख १७ हजार ६ सय १७ रुपियाँको लागतमा एकतले चार कोठे भवन निर्माण हुने जानकारी गराउनुभयो । ठेकेदार जोखन सरदारले समयमै काम सक्ने प्रतिवद्धता जनाउनुभयो ।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर