काठमाडौं,
थाइल्याण्डका राजा भुमिबल अदुल्यादेजको ८८ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
राजधानी बैंककको सिरिराज अस्पतालमा उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उहाँ विश्वमै सवैभन्दा धेरै वर्ष शासन गर्ने राजा हुनुहुन्थ्यो ।
१८ वर्षको उमेरमा थाईल्याण्डको राजा भएका उहाँले ७० वर्ष शासन गर्नुभयो । पछिल्ला केहिवर्षदेखि उहाँको स्वास्थ्य निक्कै नै खराव थियो । त्यसैले गर्दा उहाँ कमै मात्र सार्वजनिक समारोहमा देखिनुहुन्थ्यो । भुमिबलको निधन पछि अब ६३ वर्षका युवराज भजिरलङकोर्न राजा बन्नुहुने छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 169