बिर्तामोड । निलडेविड सलोनको अर्को ब्राण्ड केश सलोन सेवा विस्तारको क्रमले तिव्रता पाएको छ । कोरोना कहरको कारण विगत एक बर्ष एता सलोन विस्तार सुस्ताएको भए पनि हाल कोरोना कोभिड–१९ सामान्य बन्दै गएको अवस्थालाई अमध्येनजर गरेर निकट दिनमा भारत र नेपालको दुई स्थानमा केश सलोन ब्राण्ड विस्तार हुन लागेको निलडेविड सलोनका संचालक निलडेविड कटवालले बताएका छन् ।
कटवालका भनाई अनुसार भारतको राईगंज र नेपालको सिमरामा केश ब्रान्ड सुभारम्भ गरिने छ ।
नेपाल भारतका ठुला ठुला सहरमा विस्तार भई सकेको निलडेविडको अर्को ब्राण्ड केश सलोन अब नेपाल र भारत दुई देशमा शुभारम्भ भए संगै साना साना सहरलाई लक्षित गरेर थोरै लगानीमै पनि सलोन संचालन गर्न सकिने नीति अघि सारिएको छ । जसलले गर्दा सिप भएर ठुलो आर्थिक अभावका कारण व्यवसाय संचालन गर्न नसकिरहेका व्यक्तीहरुले पनि केश सलोन ब्राण्ड लिएर काम गर्न सजिलो हुने भएको छ ।
अघिल्लो पुस्तालाई सेवा दिएर चर्चामा रहदै आएका नेलडेविड कटवालले पछिल्लो पुस्ताकालाई सेवा दिनको लागि आफ्नो छोरा डेनियललाई केश सलोन ब्रान्डमा अघि सारेका छन् । बुवाले कमाएको ख्याती संगै देश विदेशमा स्थापित बनेको निलडेविड सलोनको ब्राण्डका साथै केश सलोन ब्राण्ड छोरा डेनियलले उचाईमा पुर्याउन लागि पर्दै आएका छन् ।