अर्जुनधार । झापाको अर्जुनधारामा ५ दशक भन्दा धेरै चिकित्सक सेवा प्रदान गरेर गरिव दिनदु:खीका लागि जीवन दाताको रुपमा परिचित डाक्टर शंकरप्रसाद उप्रेतीको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
वि.सं.२०१८ सालमा कैलालीको धनगढीबाट सेवा शुरु गरेर पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरी करीब ५० वर्षसम्म बिरामीहरूको सेवा गरेका झापाका पुराना एक नामी डाक्टर थिए ।
पछिल्ला केही वर्षदेखि अस्वस्थ भएपछि उनी छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए । आर्थिक रुपले सामान्य स्थितिमा रहेका जोकोही नागरिकले उनीबाट निःशुल्क उपचार पाउने गरेका थिए ।
उनले आत्मसंस्मरणको कृतिको रुपमा ‘जीवन एक सपना’ प्रकाशित छ । उनको दाहसंस्कार आइतबार नै पशुपति आर्यघाटमा गरिएको पारिवारीक श्रोतले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 173