लेटाङ। आफुले उत्पादन गरेको टमाटरले बजार नपाउदा किसानहरुले उत्पादन गरेको टमाटर निशुल्क रुपमा बितरण गरेर सरकारको विरोध गरेका छन् ।
बजार ब्यवस्थापनमा सरकारले चासो नदिदा किसानले उत्पादन गरेको टमाटार बारीमै कुहिने अवस्था आएपछि लेटाङ नगरपालिका वडा नं। ८ स्थित जाँते बजारमा किसानहरुले गाउलेलाई बोलाएर आफुले उत्पादन गरेको टमाटर सित्तैमा वितरण गरेका हुन् ।
एक विगाह खेती भाडाँमा लिएर तरकारी खेती गर्दै आएका दुई युवा सविन निरौला र निरज लावती अव विदेशिनुको विकल्प देख्न छाडेका छन् । उनिहरुले गत बर्ष देखि बेमौसमे तरकारी खेती गर्दै आएका थिए । करिव ५ लाख खर्च गरेर खेती गरेको उनिहरुले लगानी समेत उठाउन नसकेको भन्दै सरकार संग गुनासो गरेको छन् । सरकारले रोजगार दिन पर्दैन मात्र किसानको उत्पादनलाई उचित मुल्य सहितको वजार ब्यवस्थापन गरिदिए पुग्छ किसान निरज लावती गुनासो गर्छन ।
भारतवाट आउने टमाटर ३ रुपैया केजीमै आउने गरेको वताउछन् स्थानिय व्यापारी कुमार थापा । उनी जाँतेका कृषकहरुले उत्पादन गरेको कृषी उपजहरु बजार सम्म पुर्याउछन् । उनका अनुसार बजारमा टमाटरको भाउ नभएपछि किसानबाट टमाटर लान सकिएको छैन ।
उद्योग बाणिज्य संघ लेटाङका सचिव कुवेर पौडेलले सरकारले किसानले उत्पादन गरेको तरकारी लाई ध्यान दिन नसकेको प्रती ध्यानकर्षण गराएका छन् भने संस्थागत रुपमा समेत किसानहरुले उत्पादन गरेको टमाटर नविकेको सन्दर्भमा संस्थाको धारणा सार्वजनिक गर्ने बताएका छन् ।